नेपाली तामाङ समुदायमा आधारित चलचित्र ‘म्हारमेन’ अहिले प्रदर्शनको तयारीमा छ। आइतबार बौद्वस्थित स्हेन्होर रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी असोज १९ गते राष्ट्रिय नाचघरमा प्रदर्शनको मिति तय गरेको जानकारी दिए ।
यो चलचित्र तामाङ संस्कार, संस्कृति, र परम्परामा आधारित छ, जसले तामाङ समुदायको जीवनशैली, विश्वास र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
यस चलचित्र कोरोनका कारण प्रदर्शनमा ढिलाइ भएको नायिका एवं निर्माता रन्जिता ब्लोन लामाले बताइन् ।
चलचित्रका निर्माता लामाका अनुसार यो चलचित्रले तामाङ भाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ।
‘यो चलचित्र नौलो कथामा हेर्ना पाइनेछ’, कलाकार कुइसङ रुम्बाले भने, अहिलसेसम्म मैले खेलेको चलचित्रहरुमध्ये सबैभन्दा उत्कृष्ट बनेको र नारीमुखी बनेको छ ।’
निर्देशक अजय स्याङ्तानले चलचित्रको छायांकन तामाङ समुदायका विभिन्न सांस्कृतिक स्थलहरूमा गरिएको जानकारी दिएका छन्। उनले भने, ‘यो चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई हाम्रो पहिचान र इतिहासलाई सजीव राख्ने एउटा कदम पनि हो।’
चलचित्रको प्रमुख भूमिकामा नायक अमिर दोङ, रन्जिता ब्लोन, सुष्मा मोक्तान, कुइसाङ रुम्बा, अनिता नेगी, पदम दोङ, आशमान वाइबा, रहुल मोक्तान, बद्री थिङ रहेका छन् ।
चलचित्र चाँडै प्रदर्शन हुने थियो, तर निर्देशकले सम्पादनका क्रममा कम्प्युटरमा भाइरस छिरेपछि फिल्म नै क्रास पारेको उनले बताए । त्यसले गर्दा केही ढिलाइ भएको पनि स्याङ्तानले बताए ।