आधुनिक प्रेम र भावनालाई चित्रण गर्ने गीत ‘मेरो मन’ हालै सार्वजनिक भएको छ । संगीतप्रेमीहरूका लागि तयार गरिएको यस गीतले प्रेम, र भावनात्मकको कथा बोल्छ ।
आइतबार सार्वजनिक गरिएको गीतको बोल ‘मेरो मन’ सरल र सजीव छन् । जसले श्रोताहरूको हृदयमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गीतमा आवाज दिएकी छन् भ्वाइस अप किड्सका छेसाङ तामाङले । जसको सुमधुर स्वरले यसलाई अझ बढी सजीव बनाएको छ । गीतका शब्दहरू कुवेर सिंह दोङ ले लेखेका हुन् भने, सङ्गीत दोङकै रहेको छ । आधुनिक शैलीको सङ्गीत संयोजनले यस गीतलाई अझ कर्णप्रिय बनाएको छ। गीतको सङ्गीत संयोजन चर्चित गायक विश्व दोङको रहेको छ ।
गीतको स्टुडियो भिडियो पनि आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ, जहाँ प्रमुख कलाकारहरूको अभिनयले प्रेमको कथा बोलेको छ।
गीतलाई श्रोताहरूले गीतको सङ्गीत, शब्द र भिडियोको प्रशंसा गरिरहेका छन् ।
कार्यक्रममा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य डिल्लीमान दोङ प्रमुख अतिथि थिए। यस्तै अतिथि नायक अमिर दोङ, मम्स नेपालकी अध्यक्ष रञ्जिता ब्लोन, नायिका चाँदनी मोक्तान, समाजसेवी एवं गायक धनराज तामाङलगायतका अतिथिहरू सहभागी थिए।
कार्यक्रमका सभापति कुबेर सिं दोङले आफ्नो लामो साङ्गीतिक यात्रा र यस गीतको निर्माण प्रक्रिया बारेमा जानकारी दिएका थिए। उनले “यो मन” गीतलाई संगीतप्रेमीहरूको लागि विशेष उपहारको रूपमा प्रस्तुत गरेको बताए। यसअघि उनले तामाङ साङ्गीतिक क्षेत्रमा दर्जनौँ चर्चित गीतहरूको सिर्जना गरेका थिए।