क्रोएसियामा तामाङ गोल्डकप हुने, टीम दर्ता खुल्ला

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
532 Shares
जाग्रेब, क्रोएसिया

तामाङ समाज क्रोएसियाले दुइदिने प्रथम तामाङ गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ । तामाङ समाजले एक सूचना जारी गरेर अक्टोबर ५ र ६ तारीख प्रतियोगिता गर्ने भएको हो ।

जाग्रेबको एरिना सेन्टर नजिक हुने प्रतियोगिताका लागि सेप्टेम्बर ३१ तारीखसम्म टिम दर्ता लिने समाजका अध्यक्ष एवं खेल संयोजक सनिप लामाले जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि १९० युरो र थप २० युरो खेल अवधिभर खेलाडीहरुलाई अनुशासित बनाउन राख्नुपर्ने छ ।

त्यसैगरी प्रतियोगितामा प्रथम हुने टिमले १ हजार ६ सय ५० युरो र द्वितीय हुने टिमले १ हजार ५० युरोका साथै सिल्ड, मेडल र प्रमाणपत्र पाउने समाजका सह-सचिव एवं खेल मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार उत्कृष्ट कीपर, रक्षक, मिड्फिल्डर, उच्च गोलकर्ता, फर्वाड र प्रशिक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएका छन् ।

` शारिरिक र मानसिक विकासको लागि खेलकुद अत्यावश्यक ´ भन्ने नाराका साथ हुनलागेको प्रथम तामाङ गोल्डकपले खेलाडीहरुसँगै क्रोएसियामा रहेका नेपालीहरु माझ तामाङ समाज क्रोएसिया नजिकिने महासचिव विशाल योन्जनले बताए । उनका अनुसार खेलकुदले खेलाडीको मात्र नभई तमाम नेपालीहरुले समेत दुइदिन भएपनि मानसिक तनाव कम गराउनेछन् ।

त्यसैगरी गोल्डकपका लागि टिम दर्ता गर्नका लागी तामाङ समाज क्रोएसियाका अध्यक्ष एवं खेल संयोजक सानीप लामा +385 95 8588 129 , समाजका महासचिव विशाल योन्जन +385998401902, समाजका सचिव एवं खेल मेनेजर जीवन घलान तामाङ +977 9818226103, तामाङ समाजका प्रशिक्षक (कोच) अर्जुन मोक्तान तामाङ +385 95 8132 244 र समाजका सचिव बुद्ध लामा +385 97 6563 430 को व्हाट्सप नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

थप यो पनि

बुद्ध मार्ट गोल्डकपको उपविजेता बने तामाङ समाज क्रोएसिया

तामाङ समाज क्रोएसिया लाफा गोल्डकपको क्वाटरफाइनलमा

तामाङ समाज क्रोएसियाद्वारा क्यान्सर बिरामीलाई आर्थिक सहयोग

तपाईको प्रतिक्रिया