शैलुङ कप अपडेट:आयोजक बीसँगै शैलुङ स्पोर्ट्स क्वाटरफाइनलमा

सैलुङअनलाइन संवाददाता
0 Shares
शैलुङ, दोलखा

दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा जारी भइरहेको प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको शनिबार खेलिएको ३ खेल मध्ये एक खेल बराबरीमा टुङ्गिएको छ ।

शैलुङ कपको शनिबार सम्पन्न पहिलो खेल शैलुङ शिखर स्पोर्ट्स क्लब रामेछापले जित निकालेको छ । शैलुङ शिखर स्पोर्ट्सले एक्टिभ बोइज क्लब खरिढुङ्गालाई ० का विरुद्ध १ गोललेपछि पार्दै जित निकालेका हुन् ।

खलेको म्यान अफ द म्याचमा शैलुङ शिखर स्पोर्ट्स क्लबका खेलाडी सञ्जीव मगर भएका थिए । उनलाई बाघखोर बजार व्यवस्थापन समितिका अध्यक्ष विकास श्रेष्ठले ट्रफी हस्तान्तरण गरेका थिए ।

त्यसैगरी दोस्रो खेल नव शैलुङ लालीगुराँस क्लब बी र युनाइटेड ठुलोपाखर क्लब बीच भएका थिए । उक्त खेल निर्धारित समयमा एकएक गोल बराबरी खेलेका थिए । बराबरी भएका नव शैलुङ र युनाइटेड ठुलोपाखरले पेनाल्टी सुटआउटमा जाने निर्णय गरेका थिए । पेनाल्टीमा युनाइटेडका ४ गोलका विरुद्ध नव शैलुङले ५ गरेपछि निर्णय शैलुङको पक्षमा गएका थिए ।

शनिबारको दोस्रो खेलको म्यान अफ द म्याच नव शैलुङ लालीगुराँस क्लब बीका खेलाडी रोशन श्रेष्ठ भएका थिए । उनलाई शैलुङ गाउँपालिकाकी उपाध्यक्ष लाल माया योञ्जनले ट्रफी हस्तान्तरण गरेकी थिइन् ।

सुनौलो चण्डीडाँडा भुसाफेदा र मागापौवा युथ क्लब बीच भएको तेस्रो खेल भने गोलरहित बराबरी सकिएको छ । समय अभावका कारण चण्डीडाँडा र मागापौवाले आइतबार पेनाल्टी सुटआउटमा जाने आयोजकले बताए ।

शैलुङ कपको आइतबार पहिलो खेल बिहान् १०.०० बजे खडादेवी समाज विरुद्ध गौतम बुद्ध क्लब खेल्नेछन् । त्यसैगरी दोस्रो खेल अपराह्न १.०० बजे स्टार शैलुङ क्लब र मुडे युवा क्लब बीच शैलुङ रङ्गशालामा हुने आयोजकले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया