जम्बुलिङ इन्टरनेशनल अवार्ड हुने

काठमाडाैं

जम्बुलिङ इन्टरनेशनल अवार्ड गरिने भएको छ । सोमबार काठमाडौंमा जम्बुलिङ फिल्मस प्रालिद्धारा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

‘स्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन, हाम्रो अभियान’ नाराका साथ स्थापना भएको जम्बुलिङले अवार्डको ग्राण्ड फिनाले थाइल्याण्डमा गरिने जानकारी दिए ।

अवार्डका लागि नोमिनेशन फारम खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष राजकिङ वाइबाले बताए । उनले भने, नोमिनेशनका लागि २०७६ जेठ अन्तिमसम्म सार्वजनिक भएका गीतसंगीत, चलचित्र, भिडियो आदि भाग लिन पाउनेछन् ।
विधागत रुपमा बेष्ट नेशनल सङ, लोकपप, दोहोरी, मोडर्न, मोर्डन तामाङ मुभि, नेपाली मुभि, म्हेन्दोमाया र तामाङ सेलो लगायत रहेका छन् ।

विभिन्न विधामा विधागत योगदानलाई आधारमानी बेष्ट सिंगर, एक्टर, कोरियोग्राफर, लिरिक्स, एरेञ्ज आदि उपविधामा अवार्डेड गरिनेछ ।

असार १५ सम्म नोमिनेशन मिति राखिएको आयोजकले जानकारी दिए ।

पहिलो चरणको हरेक विधाबाट निर्णायक मण्डलले उत्कृष्ट विधा चयन गर्नेछ । उत्कृष्ट ५ लाई जुरीले ४०, प्रत्यक्षबाट ४० र सामाजिक सञ्जालबाट २० प्रतिशत अंक दिनेछन । र त्यसैलाई आधार मानी अवार्डेड गरिने अध्यक्ष वाइबाले बताए ।
अवार्डमा उत्कृष्ट विधाबाहेक जुरी, पब्लिक च्वाइस, इन्करेजमेन्ट, सर्वाधिक पपुलर र कृटिक अवार्ड पनि दिइनेछ ।

समग्र गीतसंगीतका मुर्धन्य स्रष्टाहरुमध्येबाट एक जनालाई ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिने आयोजक टिमले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका