तामाङ संघसंस्थाद्वारा विपदमा उद्वार र सहयोग गर्न अपिल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
काठमाडौं

तामाङ संघसंस्थाद्वारा बिहीबारदेखि अविरल वर्षाका कारण बाढीपहिरोबाट ज्यान गुमाएका र घाइते भएकाहरुको उद्वार तथा सहयोग गर्न अपिल गरेको छ ।

नेपाल तामाङ राष्ट्रिय घेदुङ, अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) र नेपाल तामाङ घेदुङले बिज्ञप्ति जारी गर्दै उद्वार र सहयोग गर्न अपिल गरेका हुन् ।

नेपाल तामाङ राष्ट्रिय घेदुङले बिहीबारदेखि अविरल वर्षाका कारण बाढीपहिरोबाट ज्यान गुमाएका र घाइते भएकाहरुको सहयोगार्थ ५० हजारको आपतकालीन कोष खडा गरेको छ ।

घेदुङका महासचिव प्रविणकुमार बलका अनुसार हामीले ५० हजार रुपैयाँबाट कोष खडा गरेको छ । यसमा देशविदेशमा रहेका सम्पूर्ण मनहरुले यस कोषमा सहयोग गर्न सकिने बताए ।

उनले भने, ‘हामीले यस कोषमा जम्मा भएका राहत सम्बन्धित क्षेत्रमा पुर्‍याउनेछ । र अहिले नै विपदमा परेकोलाई तत्काल प्रदान गर्छु ।’

यसैगरी घेदुङका अध्यक्ष बिरबहादुर योन्जनले भुकम्पका बेला पनि करिब ७ जिल्लामा राहत प्रदान गरेको बताउँदै यस विपद घडीमा यो कोष खडा गरेको छ । त्यसमा सबैलाई सहयोग गर्नु अनुरोध गरेको छ ।

यस्तै महासचिव बलले विपदमा परेर केही नभएको अवस्थामा राष्ट्रिय घेदुङको बुढानिलकण्ठका भवनमा अस्थायी बसोबासको व्यवस्थासमेत गरेको जानकारी दिए । त्यसको लागि महासचिवको ९८५१००६०८७ मा सम्पर्क गर्न सकिनेछ । उनले भन,‘अर्को विकल्प नभएसम्म बसोबासको व्यवस्था गरिएको छ ।’

यस्तै अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) ले बिहीबारदेखि परेका अविरल वर्षाका कारण बाढीपहिरोबाट ज्यान गुमाएका, घाइते भएकाहरुप्रति दुख व्यक्त गरेको छ ।

परिषदले देशविदेशमा रहेका परिषदका सदस्य संस्थाहरु र सहयोगी मनहरुलाई सहयोगको लागि अपिल गरेको छ ।

परिषदका महासचिव टासी लामाका अनुसार परिषद्ले आपतकालीन कोष नबनाएको तर सहयोगी संस्था र दाताहरुले भने ठाउँमा सहयोग प्रदान गर्न सहजीकरण गरिदिने बताए ।

बिज्ञप्तिमा लेखिएको छ, ‘बाढी पहिरोका कारण सयौको ज्यान जानुका साथै घाइते तथा बेपत्ता र विस्थापित भई ठूलो धनजनको क्षति हुनपुगेको घटनाप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर दुःख व्यक्त गर्दछ ।’

यस्तै नेपाल तामाङ घेदुङले पनि दुख व्यक्त गरेका छन् ।

घेदुका महासचिव जगतमान लामा (दोङ) द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘यस विपद्को घडीमा थप धनजनको क्षति हुन नदिन हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक देखिएकोले यस्तो बेला अतिआवश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र गर्नै परे उच्च सर्तकता सहित यात्रा गरिदिनुहुन आम समुदायमा हार्दिक अनुरोध गर्दछौ ।’

काठमाडौ उपत्यका सहित देशका विभिन्न स्थानमा बाढीपहिरोमा परेर दुःखद् निधन हुनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा परेको चोटमाथि गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

यस्तै बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजि र घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गरी वर्षाका कारण देशभर भइरहेको क्षतिको विवरण थथाशिघ्र संकलन गरी उद्दार र राहतको व्यवस्था गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ, बिज्ञप्तमा भनिएको छ । ’

तपाईको प्रतिक्रिया