टेलिकमले ल्यायो दसैँ अफर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ ल्याएको छ ।

अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आज (२०८१ असोज १३) देखि लागु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् ।

यस अफर अन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ ।

५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा/कम्बो प्याकेजहरूमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ ।

साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क रु। ५०० मिनाहा समेत गरिएको छ ।

यसै गरी दसैँ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि रु। ७९९ मा अल नेट अन लिमिटेड भ्वाइस सुविधा, ४५ जीवी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अन लिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै रु। २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु। ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया