फ्रिडम फाइटर भेट्रान बी क्लबले ‘चित्रकुमार स्मृति भेट्रान कप २०८१’ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
बौद्धस्थित टाउन प्लानिङको मैदानमा सोमबार (आज) भएको फाइनल खेलमा फ्रिडम फाइटरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
खेलको पूरा समयमा २–२ गोलको बराबरी बनाएका थिए । खेलको पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले फ्रिडम फाइटर विजयी भएका हुन् ।
प्रतियोगिताको फाइनल खेलमा फ्रिडम फाइटरले कडा प्रतिस्पर्धा गर्दै बौद्ध भेट्रानलाई पराजित गरेको थियो। खेलको क्रममा दुवै टोलीबिच उत्साहपूर्ण खेल देख्न पाइयो, तर अन्ततः फ्रिडम फाइटर भेट्रान क्लबले खेलमा आफ्नो पकड मजबुत पार्दै विजयी भयो।
उपाधि जितेसँगै फ्रिडम फाइटरले २ लाख नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेको छ। यस प्रतियोगितामा सहभागी अन्य टोलीहरूको पनि सराहनीय प्रदर्शन रहेको थियो।
यस्तै उपविजेता बौद्ध भेट्रानले १ लाख नगद पुरस्कार, ट्रली र मेडल प्राप्त गरेका हुन् ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराकारसाथ यही असोज ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट २४ टिमले सहभागी भएको थियो । बौद्ध भेट्रान क्लबले तीन वर्ष देखि गर्दै आएको उपाध्यक्ष सोनम लामाले बताए ।
यस प्रतियोगिताको आयोजनाले भेट्रान खेलाडीहरूको उत्साह र समर्पणलाई प्रोत्साहित गर्नुका साथै नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
‘चित्रकुमार स्मृति भेट्रान कप २०७९’ फुटबल प्रतियोगिताको उपाधि ताकामी भेट्रानले जितेको थियो ।
यो पनि