क्रोएसियाको एभरेस्ट म:म रेस्टुरेन्ट दशैमा एकदिन बन्द हुने भएको छ । कोएसियाको राजधानी जाग्रेब संचालित एभरेस्ट म:म रेस्टुरेन्टले अक्टोबर १२ तारीख दशैं टिकाको दिन बन्द हुने भएको हो ।
प्रत्येक वर्षझैं यसपटक पनि दशैको टिकाको दिन पारेर कर्मचारीहरुको बिदा हुने हुदा एकदिन बन्द हुने एभरेस्टका इन्चार्ज सुग्रीम तामाङले बताए । उनका अनुसार अन्य नेपाली चाडपर्वमा विदा दिन नसके पनि दशैमा भने कम्पनीले छुट्टी दिने भएको हो ।
` हामीले क्रोएसियामा रहेका नेपाली तथा अन्य पाहुनाहरुलाई दशैको टिकाको दिन सेवा दिने छैनौं ´ एभरेस्टका इन्चार्ज तामाङले भने,` त्यो दिनको लागि हाम्रा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहान्छौ । ´ एभरेस्टले कर्मचारीहरुको ख्याल गर्दै दशै विदा दिन लागेको इन्चार्ज तामाङको भनाई छ ।
त्यस्तै एभरेस्ट म:म का सेफ अर्जुन गुरुङले नेपालीहरुको आआफ्ना चाडपर्व भएपनि कम्पनीले दशै विदा दिदै आएको बताए । ` हामीले नेपाली परिकारहरुको स्वादसँगै विभिन्न सेवा सुबिधा नेपालीहरु माझमा पुर्याउदैँ आएका छौं ´ एभरेस्टका सेफ गुरुङले भने,` दशैमा पनि टिकाको दिन बाहेक अन्य दिन सेवा सुबिधा खुल्ला रहनेछ ।´ सेफ गुरुङले देशविदेशमा रहेका दशै प्रेमीहरुलाई शुभकामनासमेत दिए ।
एभरेस्ट म:म रेस्टुरेन्टको गूगलमा भने एभरेस्ट फास्ट फुड एसियन फ्यूजन (everest fast food asian fusion) छ । आप्पा कम्पनीद्वारा संचालित एभरेस्ट म:म सेन्टरमा तीन तामाङ युवाहरुको लगानी छन् । एभरेस्टमा विशेष गरेर अचार म:म, झोल म:म, फ्राई म:म, चिली म:म, चौमिन, थुक्पा, फ्रई राइस्, पानी पुरी, चटपटे, मसला चिया र सुशीका विभिन्न परिकार पाइन्छ ।
एभरेस्ट म:म रेस्टुरेन्टमा सुशी बाहेक अन्य सबै कुखुराको मासुबाट बनेका परिकारहरु पाइने इन्चार्ज तामाङले बताए । उनका अनुसार चाँडै एभरेस्टले चिकेन बिरयानी उपलब्ध गराउने र शाखाहरुसमेत खोल्ने छन् ।
एभरेस्ट म:म क्रोएसियाको जाग्रेबस्थित इम्पोर्टन्ने सेन्टर(importanne center)को अन्डर ग्राउन्ड मार्केटमा छ । एभरेस्ट म:म सेन्टर नेपालीहरुलाई भेटघाट हुन सजिलो हुने ग्लाभिनीको घोडापर्क नजिकै हो । यहाँ नेपालबाट आएका बुद्धिजीवी, कलाकार, पत्रकार लगायत अन्यले अबलोकनसमेत गरिसकेका छन् ।