दोस्रो जहरसिंहपौवा नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
काठमाडौं

काठमाडौँको जहरसिंह पौवामा आयोजित ‘दोस्रो जहरसिंहपौवा नकआउट फुटबल प्रतियोगिता २०८१’ भव्यका साथ उद्घाटन गरिएको छ ।

जहरसिं पौवा यूवा क्लबद्वारा आयोजना गरिएको प्रतियोगिताको मङ्गलवार उद्घाटन गरिएको हो । जसमा काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाका फुटबल क्लबहरूबिच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन समारोहमा शंखरापुर नगर प्रमुख, उपप्रमुख लगायत स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताले स्थानीय युवामा खेलकुदको महत्त्व बढाउन र फुटबल प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ३ स्थित पर्यटकीय नगरी जहरसिंपौवाको खेलमैदानमा असोज १५ गतेदेखि असोज २३ गतेसम्म फुटबल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा सहभागी हुने क्लबहरूले आकर्षक पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र रहेको छ । त्यस्तै उपबिजेताले १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार स्वरूप फस्ट रनरअपले ५५ हजार ५ सय ५५ पाउनेछन्।

प्रतियोगिता हरेक वर्ष आयोजना गरिने र यसले स्थानियस्तरमा फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष बासु तामाङले बताए । आयोजक समितिका अनुसार, खेलहरू निष्पक्ष, रोचक र उत्साहजनक बनाउन सम्पूर्ण तयारीहरू पूरा भइसकेको छ।

प्रतियोगितामा २४ टिमले सहभागी जनाइएको छ ।

प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया