बोलोचौक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

झापा

श्री बोलोचौक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ स्थित बोलोचौकमा रहेको संस्थाको साधारणसभा आफ्नै कार्यालयको प्राङ्गणमा गत शनिबार सम्पन्न भएको हो ।

नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७४ अन्तर्गत स्थापित यस संस्थालाई वडाकै पहिलो र नगरपालिकाको कान्छो सहकारीका रूपमा चिनिन्छ । उक्त सहकारी यस वर्षको नेपालकै पहिलो कर तिर्ने संस्था समेत भएको छ । साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले कारोबार सँगै उत्पादनमुलक काम गर्न संस्थालाई आग्रह गरेका छन् । उनले अहिलेका प्रबिधिसँग जोडिएर सहकारीलाई डिजिटलाईजेसन गर्न एटिएम राख्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपमेयर नरमाया कार्कीले सहकारीलाई मलको डिलर राख्न र चिया प्याकेजिङ गरि बजारिकरण गर्न सहयोग गर्ने बताईन् । गरिबी र बेरोजगारी घटाउन कृषिलाई व्यवसायीकरण गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ । संस्थाका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाउँदै सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता मिना दुलाल खतिवडा, दिलिप कुमार शाह, शेर बहादुर ताजपुरिया, नियमित बचतकर्ता नरेश ताजपुरिया, ओमनाथ कडेरिया, विरेन्द्र प्रसाद यादव, उत्कृष्ट ऋणी निर्मला दाहाल, गंगा माया ताजपुरिया, उत्कृष्ट शेयर सदस्य पदम माया मैनाली, सुवास पौदार र संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

साधारणसभा संस्थाका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा शिवसताक्षी न.पा.–५ का वडाअध्यक्ष सिकिन पासवान, झापा जिल्ला सहकारी संघका सदस्य तिलक प्रसाद सिंह राजवंशी, समाजसेवी भक्ती सिटौला ,ईलाका प्रहरी कार्यालय, शिवगञ्जका ईन्चार्ज अशोक चौहान, श्री बाल कल्याण आधारभूत विद्यालयका अध्यक्ष रंजीत कुमार ताजपुरिया, श्री पाथिभरा आधारभूत विधालयका प्रध्यानाध्यापक दिलिप ताजपुरिया,बोलोचौक बजार व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नम्बर ४ का चारै जना वडासदस्यहरू सुमन लाल साहु, देवी तिवारी,चन्द्रावती ताजपुरिया,कृष्ण कुमारी परियार, ताजपुरिया बन्दु समाजका अध्यक्ष हरिया ताजपुरिया, नेपाल रेडक्रस सोसाईटी पाचगाछी उपसाखाका सभापति मिता सिटौला, प्राथमिक स्वास्थ केन्द्र शिवगञ्जका प्रमुख डा. देव पासवान, शेयर सदस्यहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पूर्ण कुमार शाहको संयोजकत्वमा सम्पन्न उक्त साधारणसभाको सञ्चालन बलराम ताजपुरियाले गरेका थिए ।

तपाईको प्रतिक्रिया