चीनमा तेजको मुक्का

नारायण न्यौपाने संवाददाता
0 Shares
चीन

चीनमा जारी सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा शनिबार भएको खेलमा नेपालले म्यान्मालाई पराजित गरेको छ ।

नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्माका खेलाडी माउङक्याव हलालाई ४–१ अङ्कका आधारमा पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए । देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन् ।

स्पोर्ट्स युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हाललाई पराजित गरेपछि राससँग कुरा गर्दै अनुभव र तालीमले सफलता प्राप्त भएको बताए ।“अर्को खेल पनि जित्छु भन्ने पूर्ण विश्वास छ”,उनले भने ।

शनिबारनै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका अमल्दार आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अङ्कका आधारमा पराजित भए । त्यस्तै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बीच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन् ।

‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)’ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका