भूमेदेवीका विद्यार्थीहरूलाई एक स्वास्थ्य कार्यक्रम सञ्चालन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
315 Shares
रसुवा

रसुवाको भूमेदेवी माविका ८, ९ र १० का विद्यार्थीहरूलाई असोज १४ गते एक स्वास्थ्य (one health ) कार्यक्रम सञ्चालन गरिएको छ ।

रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ ठुलो गाउँमा रहेको भूमेदेवीमा उतरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी सो कार्यक्रम सञ्चालन गरेका हुन् ।

उतरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगत पशु स्वास्थ्य, मानव र वातावरणका अवधारणा बारेमा हेफर प्रोजेक्ट नेपालमा कार्यरत डाक्टर आयुष अधिकारीले बताए ।

ठुलोगाउँ स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण भण्डारीले मानव स्वास्थ्यको बारे र पशु सेवा केन्द्र डाँडा गाउँका प्रमुख पुष्पराज जोशीले रेबिज रोगकोबारे सचेतना गराएको हो ।

उत्तरगया गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालले सिड्स रसुवाको सहजीकरणमा सबै वडाहरूमा गतिविधिहरू सञ्चालन भइरहेको छ ।

एक स्वास्थ्य कार्यक्रम पालिकाभित्र नयाँ सुरुवाती भएको र स्थानीय तथा विद्यालयको बुझाइ रहेको परियोजना संयोजक गौरव सापकोटाले बताए ।

एक स्वास्थ्यले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यको सम्मिश्रण अत्यन्तै महत्त्वपूर्ण रहेको र यसले समुदायमा जनचेतना फैलाउन प्रभावकारी हुने सहभागीहरूले जानकारी दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया