सडक दुर्घटना सम्बन्धी समुलेसन अभ्यास डेमोस्ट्रेसन प्रदर्शन गरिएको छ ।
विपद् व्यवस्था समिति रसुवाको सहयोगमा सशस्त्र प्रहरी बल २० नम्बर गुल्म हेडक्वार्टर रसुवाको समन्वयमा जिल्ला प्रहरी कार्यालय रसुवा, नेपाल रेडक्रस, गोसाईंकुण्ड गाउँपालिका स्वास्थ्य शाखा र रसुवा अस्पतालको सहकार्यमा निमित्त प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको प्रमुख आतिथ्यमा बुधवार प्रदर्शन गरिएको हो ।
कार्यक्रममा पूर्व जानकारी विना आउने विपद्ले पुराउने क्षतिको केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ, अविरल तथा अत्यधिक वर्षा, बाढी, पहिरो, साँघुरो र घुम्ती सडक यान्त्रिक कारण र मानवीय त्रुटिका कारण र हिमाली जिल्लाहरूमा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणको लागि पूर्व तयारी स्वरूप यो समुलेसन अभ्यास सञ्चालन गरिएको बताइएको छ ।
जब एउटा गाडी काठमाडौबाट स्याफ्रुवेसि जाँदै गर्दा धुन्चे मोडमा मोडिने क्रममा अनियन्त्रित भई सडकबाट खसेको हुन्छ । उक्त गाडीमा सवार मानिसहरू घाइते भइसकेपछि रोदन पीडामा छटपटी अवस्थामा स्थानीयले घाँस काटिएको वेला देख्न र तत्कालै सुरक्षाकर्मीहरूलाई खबर गर्छन् र सुरक्षाकर्मीहरूहरू घटना भएको थाहा पाउने बित्तिकै घटना स्थल पुग्छन् र घाइतेहरूको उद्धार गरी नजिकैको स्वास्थ्य चौकी र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुराउँछ ।
यस्तै विपद्मा हामीले के गर्न सक्छौ भन्ने विषयलाई लिएर स्थानीय लगायत सरोकारवाला निकाय स्वास्थ्यकर्मी पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।