नेपाली महिला समाज कुर्दिस्तानले दशैमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले यही अक्टोबर ११ तारीख बडा दशैको शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम सुलेमानियास्थित सर्चिनरको ओस्कर हलमा गर्न लागिएको नेपाली महिला समाज कुर्दिस्तानकी अध्यक्ष शोभा भुजेलले जानकारी दिइन् । कार्यक्रमलाई बृहत बनाउन नेपालबाट गायक सुरेश लामालाई ल्याइने अध्यक्ष भुजेलले बताइन् ।
दशै विशेष साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाए । आयोजकका अनुसार कार्यक्रम हेर्नका लागि २५ हजार डिनर लाग्ने छन् । ` नेपाली महिला समाजको भावना, हरेक सुखदुःखमा एकता गर्ने चाहाना´ भन्ने नारासहित गठित नेपाली महिला समाज कुर्दिस्तानले विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
थप यो पनि
नेपाली महिला समाज कुर्दिस्तानले तीज मनाउने