एनआरएनए क्रोएसियाले दशै मनाउने, कार्यक्रममा गायिका इन्दिराको विशेष प्रस्तुति

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
581 Shares
जाग्रेबा, क्रोएसिया

गैर आवासीय नेपाली संघ (एनआरएन)ले क्रोएसियाले बडा दशै विशेष कार्यक्रम गरेर मनाउने भएको छ । एनआरएन क्रोएसियाले यहि अक्टोबर १२ तारीख विशेष कार्यक्रमको आयोजना गरि दशै मनाउन लागिएको हो ।

गतवर्ष जस्तै यसवर्षको दशैमा पनि नेपालबाट कलाकार ल्याएर विशेष कार्यक्रम गर्न लागिएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामाले बताए । उनका अनुसार दशै कार्यक्रमका लागि गायिका इन्दिरा जोशीलाई निमन्त्रणा गरिसकेका छन् ।

त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने एनआरएनएकी उपाध्यक्ष रन्जना चौहानले बताइन् । कार्यक्रमलाई थप बृहत बनाउन नेपालबाट गायिकालाई आमन्त्रित गरेकाले टिकटको व्यवस्था गर्नुपरेको उपाध्यक्ष चौहानको भनाई छ ।

कार्यक्रमको टिकट मुल्य १० युरो राखिएको एनआरएनएका कोषाध्यक्ष दुर्गा अधिकारीले जानकारी दिए । उनका अनुसार टिकटका लागि आफ्नै व्हाट्सप नम्बर +385 91 234 5675, उपाध्यक्ष रन्जना चौहानको व्हाट्सप नम्बर +385 95 373 6573, मा र समितिका अन्य पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नेछन् । त्यस्तै तामाङ समाजका महासचिव विशाल योन्जनको +385 99 8401902, काठमाडौं मार्ट र साथी डिजिटलका गगन तामाङको व्हाट्सप नम्बर +385 99 5454463 मा सम्पर्क गरेर टिकट बूक गर्नेछन् ।

गायिका जोशीको विशेष प्रस्तुति रहने कार्यक्रम क्रोएसियाको राजधानी जाग्रेबको प्रेच्को २,ए मा हुने आयोजकले जनाएका छन् । सोकोल सिक्युरिटी (sokol security) मुख्य प्रायोजक रहेको कार्यक्रमको सह-प्रायोजक हम्ब्ल हन्टेरस (humble hunters) हुन् ।

थप यो पनि

एनआरएनए क्रोएसियाले दूतावासको माग गर्दै बुझाए ज्ञापन पत्र

एनआरएनए क्रोएसियाले बुद्ध जयन्ती तथा सगरमाथा दिवस मनाइने

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका