स्पोर्टस स्पेसल क्लबद्वारा आयोजित प्रथम अन्तर विद्यालय दौड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
नेपालीहरूको चाडपर्वको अवसर पारेर आयोजना गरिएको दौडमा १० विद्यालयका करिब ८३ जना छात्रछात्रा सहभागी भएका थिए ।
प्रतियोगितामा ६६ छात्र र १७ जना छात्राले भएका लिएका थिए । जसमा छात्रातर्फ प्रथम डेनिशा थापा, द्वितीय आकृशा पाण्डे र तृतीय कुसुम तामाङ भएकी छन् ।
यस्तै छात्रतर्फ प्रथम बिनेक स्याङ्तान, द्वितीय केसाङ शेर्पा र तृतीय अमृत तामाङ भएका छन् ।
कार्यक्रमको समापनमा गोकर्णेश्वरका नगरप्रमुख दीपक रिसालले विजेतालाई शिल्ड, प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रिसालले खेलकुदको मानसिक र शारीरिकलाई तन्दुरुस्त बनाउने बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1