राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीको अध्यक्षमा कार्की

सैलुङअनलाइन संवाददाता
0 Shares
कास्की

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको असोज ३० गते सम्पन्न साधारणसभाले आयुश जङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष सन्तोष बराल, महिला उपाध्यक्ष शुष्मा बिसी, महासचिव ऋषिराम दाहाल, सचिव कपिल श्रेष्ठ, कोषाध्यक्ष विष्णु बराल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः समिर रामदास, रेजिना विसि, पवित्रा परियार, सपना सुनार र दिपेन्द्र परियार चयन भएका छन् ।

कार्यक्रम उद्घाटनका क्रममा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घ अब नेपालका ४८ जिल्लामा र प्रवासमा ५ देशहरूमा स्थापना भइसकेको बताए । उनले थपे सङ्गीत विकास बोर्ड गठन गरी सबै क्षेत्रका कलाकारहरुले योगदानको आधारमा रोयल्टी दिनुपर्छ । हामी कलाकार कसैका गहना होइन राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्छ अध्यक्ष कार्कीले भने ।

समारोहमा पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारहरुको अनुहारमा लुकेको समस्यालाई बुझेर कार्य गर्न सक्ने सङ्गठनको आबश्यता रहेकोले नयाँ कार्यसमितिले त्यस समस्याको पहिचान गरी समाधान गर्ने विश्वास व्यक्त गरे । उनले कलाकारलाई प्रयोग मात्रै होइन उनीहरुको भविष्यको पनि सुनिश्चितता गर्नुपर्ने बताए ।

शुभकामना मन्तव्यका क्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमले सङ्घले सबैलाई समेटेर सङ्गीतकर्मीको हितमा काम गर्नुपर्ने औल्याए ।

सङ्घका गण्डकी प्रदेश अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्याङ्जाका अध्यक्ष पूर्ण वाग्ले(इतिहास)ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन भने सङ्घका प्रदेश सदस्य शङ्कर ढकालले गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया