प्रथम तामाङ फुटबल प्रतियोगिता (टुर्नामेन्ट-२०२४) को उद्घाटन खेलमा तामाङ समाज क्रोएसिया स्काई ब्लु र के.एम नेपाल खेल्ने भएको छ । आयोजक तामाङ समाज क्रोएसियाले बिहीबार सार्वजनिक गरेको खेल तालिका उद्घाटनमा आयोजकसँग के.एम नेपाल खेल्न लागेको हो ।
त्यसैगरी आजको दोस्रो खेल स्थानीय समय अनुसार १ बजे तामाङ समाज क्रोएसिया ब्लु विरुद्ध ड्रीम क्रोएसियाले खेल्दै छन् । आजै २ बजे तामाङ घेदुङले लाफसँग र ३ बजे मगर समाजले मोना क्रोएसियासँग खेल्नेछन् ।
टुर्नामेन्टमा आयोजक तामाङ समाज स्काई ब्लु र तामाङ समाज ब्लु, के.एम नेपाल, मगर समाज, लाफ फुटबल क्ल, तामाङ घेदुङ, बुद्ध मार्ट, पोखरा फुटबल क्लब, मोना क्रोएसिया, ड्रीम क्रोएसिया र डीएसडी फुटबल क्लब गरी ११ टीमले सहभागी जनाएको तामाङ समाज क्रोएसियाका अध्यक्ष एवं खेल संयोजक सनिप लामाले बताए । उनका अनुसार प्रतियोगिता शनिबार र आइतबार गरि दुई दिने हुनेछन् ।
जाग्रेबको एरिना सेन्टर नजिक हुने प्रतियोगितामा प्रथम हुने टिमले १ हजार ६ सय ५० युरो र द्वितीय हुने टिमले १ हजार ५० युरोका साथै सिल्ड, मेडल र प्रमाणपत्र पाउने समाजका सह-सचिव एवं खेल मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार उत्कृष्ट कीपर, रक्षक, मिड्फिल्डर, उच्च गोलकर्ता, फर्वाड र प्रशिक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएका छन् ।
` शारिरिक र मानसिक विकासको लागि खेलकुद अत्यावश्यक ´ भन्ने नाराका साथ हुनलागेको प्रथम तामाङ गोल्डकपले खेलाडीहरुसँगै क्रोएसियामा रहेका नेपालीहरु माझ तामाङ समाज क्रोएसिया नजिकिने महासचिव विशाल योन्जनले बताए । उनका अनुसार खेलकुदले खेलाडीको मात्र नभई तमाम नेपालीहरुले समेत दुइदिन भएपनि मानसिक तनाव कलम गराउनेछन् ।
थप यो पनि
क्रोएसियामा हुनलागेको प्रथम तामाङ एफ-सी टुर्नामेन्टको टाइसिट सार्वजनिक
क्रोएसियामा तामाङ गोल्डकप हुने, टीम दर्ता खुल्ला
बुद्ध मार्ट गोल्डकपको उपविजेता बने तामाङ समाज क्रोएसिया