जालपादेवी माध्यमिक विद्यालयको भवन हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नं। १२ को बाहुनेपाटीमा निर्माण भएका जालपादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

नेपालहिल्के बाइलंग्रीस जर्मनको आर्थिक सहयोगमा निर्माण भएको भवन नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा बुधबार उद्घाटन गरिएको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले शैक्षिकस्तर गुणस्तरको लागि यो पनि एउटा भर्‍याङ रहेको बताए ।

नयाँ प्रबिधि र भुकम्प प्रतिरोधी भवन निर्माण गरिएपछि विद्यार्थीहरुलाई अब पठन पाठनमा सहजता हुनेछ।

वडा नं १२ का वडाध्यक्ष गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधान,सहयोगीदाताको प्रतिनिधि, विद्यालय व्यवस्थापन समिती, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

नेपालहिल्के बाइलंग्रीस जर्मनको आर्थिक सहयोगमा निर्माण भएको उक्त तीन तले विद्यालय भवनको बुधबार उद्घाटन संगै सहयोगीदाताले समुदायलाई हस्तान्तरण गरिएको हो ।

नयाँ प्रबिधि र भुकम्प प्रतिरोधी भवन निर्माण गरिएपछि विद्यार्थीहरुलाई अब पठनपाठनमा सहजता हुनेछ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका