तामाङ समुदायले आफ्नो एक वीर योद्धा, चनिकलाल तामाङलाई उच्च सम्मान प्रदान गर्दै समाजमा एक उदाहरणीय इतिहास निर्माण गरेको छ। ललितपुर जिल्ला स्थित नख्खुखोलामा हालैको अतिवृष्टिपछि आएको बाढीको दौरान, चनिकलालले आफ्नो जीवनलाई जोखिममा राख्दै तीन व्यक्तिहरूको साहसिक उद्धार गरेका थिए।
घटना असोज १२ गतेको हो । जब ललितपुर महानगरपालिका वडा नं। २५, सुगमटोलको नख्खुखोला किनारमा रहेको एक टहरालाई चारैतिरबाट बाढीले घेरेको थियो। सो टहरामा रौतहटका स्थायी बासिन्दा राजु शाह, उनका छोराहरू राज शाह, र बालिकाहरू मेघना शाह र सेतु शाहले आफ्नो उद्धारको लागि हतासि याचना गरिरहेका थिए। यस विकराल अवस्थामा पनि राज्यको सुरक्षा संयन्त्रले उद्धारको कुनै ठोस कदम नचाल्दै उदासिनता प्रकट गरेको थियो। तर, साहसिक योद्धा चनिकलाल तामाङले आफ्नो जीवनलाई जोखिममा राख्दै ती बालिकाहरू मेघना शाह र सेतु शाहलाई बाढीको चपेटाबाट उद्धार गर्न सफल भए। यो उद्धार अभियानले न केवल उनको व्यक्तिगत साहसको परिचय दियो, तर सम्पूर्ण तामाङ समुदायको शिर उच्च राख्न पनि मद्दत गरेको छ।
यस अद्वितीय साहसिक कार्यको सम्मानस्वरूप तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले चनिकलाल तामाङलाई एक विशेष सम्मान पत्र प्रदान गरेको छ। उक्त सम्मान पत्रमा चनिकलालको यो वीरतापूर्ण कार्यलाई तामाङ समुदायको गौरवमय इतिहासको एक महत्वपूर्ण अंशको रूपमा चित्रित गरिएको छ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष डिल्लीमान तामाङ र इन्चार्ज तथा पूर्वमन्त्री हितबहादुर तामाङको उपस्थितिमा आयोजित समारोहमा सम्मान प्रदान गरिएको हो।
समाजका अन्य सदस्यहरूले पनि चनिकलाल तामाङको साहसिक कदमको प्रशंसा गर्दै उनलाई तामाङ समुदायका लागि एक प्रेरणादायी व्यक्तित्वको रूपमा लिएका छन्।
‘सम्पूर्ण उत्पीडित तामाङहरु एक होऔं’ भन्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नारा यस वीरतापूर्ण कार्यको प्रकाशमा अझ बलियो बनाएको छ।
चनिकलाल तामाङले प्रदर्शित गरेको साहस र बलिदानको भावनाले सम्पूर्ण तामाङ समुदायलाई एकताको सन्देश दिँदै, उत्पीडित समुदायहरूलाई न्याय र समानताको लागि प्रेरित गरेको छ ।
समारोहमा उपाध्यक्षद्वय हिमाली गाेले, अविरल जिम्बा, उप-महासचिव कुवेरसिंह दाेङ, सचिवद्वय रक्षेबहादुर तामाङ “युनिक”, राममाया तामाङ र काेषाध्यक्ष उषा वाईबा तामाङ लगायतका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेकाे थियोे ।