‘गलबन्दी’माथि जातिय भेदभाव भयोः नेता मिन विश्वकर्मा

काठमाडाैं

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारलाई गीतको मामिलामा जातिय भेदभाव गरेको बताएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले ‘गलबन्दी’को लय विवादको निहुँ कतिपयले सामाजिक सञ्जालमा जातीय विभेद हुनेखालका धारणा राखेको भन्दै उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् । सांसद विश्वकर्माले भने, सरकारको सम्बन्धीत निकायले उच्च सम्मान गर्नु पर्नेमा, सत्तारुढ दलका भातृ साँस्कृतिक संगठनका कलाकार शम्भू राईले मेरो गीतको लय नक्कल गरेको भनी मुद्धा हालेछन् । सांसद विश्वकर्मा गायक सपुत र शान्तिश्रीको बचाउ गर्दै संसदमा प्रस्तुत भएका हुन् । उनले भने, ‘विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर ….नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन ।’

गायक शम्भु राईले ‘गलबन्दी’ को लय आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग ठ्याक्कै मिलेको दाबी गर्दै आएका छन् । दुईवटा गीतको लय एकअर्कामा मिलेरनमिलेको विवाद भइरहँदा सांसद विश्वकर्मा ‘गलबन्दी’ को पक्षमा उभिएका हुन् । सांसद विश्वकर्माले एक महिनामा युट्युबमा डेढ करोडभन्दा बढीले हेरेको यो गीतको लय गायक राईको गीतको लयसँग नमिलेको दाबी गरे । लोकभाकाको नक्कल वा चोरी नहुने उनको भनाई छ ।

सांसद विश्वकर्माले यस्तै जातीय भेदभाव र अपमान हुने खाले काम गरेकोमा कलाकार शम्भु राई साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका