तामाङ समाज क्रोएसिया बी टिम प्रथम तामाङ एफ-सी टुर्नामेन्टको सेमिफाइनलमा

तामाङ समाज क्रोएसियाको ए टिम पनि क्वाटरफाइनलमा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
413 Shares
जाग्रेब, क्रोएसिया

तामाङ समाज क्रोएसिया बी टिम प्रथम तामाङ एफ.सि टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । तामाङ समाज बी ले ड्रीम क्रोएसियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

सेभेन ए साइड प्रतियोगितामा ड्रीम क्रोएसियालाई तामाङ समाजले शुन्यका विरुद्ध ८ गोलले पराजित गरेका हुन् । समाजले ड्रीमलाई खेल अबधिभर दबाबमा राखेका थिए ।

त्यसैगरी उद्घाटन खेलमा तामाङ समाज क्रोएसिया ए टिम पनि क्वाटरफाइनल प्रवेश गरेको छ । समाजका ए टिमले के.एम नेपाललाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । के.एम नेपाललाई तामाङ समाजले १ गोलका विरुद्ध १२ गोल गरेका थिए ।

शनिबारनै भएकोअर्को खेलमा तामाङ घेदुङ लाफा फुटबल टिमसँग पराजित भएको छ । घेदुङ पराजित भएपछि टुर्नामेन्टबाट बाहिरिएको छ । लाफा भने क्वाटरफाइनलमा प्रवेश गरेको छ । लाफाले घेदुङलाई ३-० गोलले पराजित गरेका हुन् ।

त्यस्तै शनिबारको अन्तिम खेल भने मगर समाज र मोना क्रोएसियाले बराबरी खेलेका छन् । समय अभावका कारण मगर समाज र मोनाले आफ्ना खेल बराबरीमै सकाएको तामाङ समाज क्रोएसियाका अध्यक्ष एवं खेल संयोजक सनिप लामाले बताए । उनका अनुसार टुर्नामेन्टको बाँकी सबै खेल आइतबार सक्नेछन् ।

टुर्नामेन्टमा आयोजक तामाङ समाज स्काई ब्लु र तामाङ समाज ब्लु, के.एम नेपाल, मगर समाज, लाफ फुटबल क्ल, तामाङ घेदुङ, बुद्ध मार्ट, पोखरा फुटबल क्लब, मोना क्रोएसिया, ड्रीम क्रोएसिया र डीएसडी फुटबल क्लब गरी ११ टीमले सहभागी जनाएका छन् ।

जाग्रेबको एरिना सेन्टर नजिक हुने प्रतियोगितामा प्रथम हुने टिमले १ हजार ६ सय ५० युरो र द्वितीय हुने टिमले १ हजार ५० युरोका साथै सिल्ड, मेडल र प्रमाणपत्र पाउने समाजका सह-सचिव एवं खेल मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार उत्कृष्ट कीपर, रक्षक, मिड्फिल्डर, उच्च गोलकर्ता, फर्वाड र प्रशिक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएका छन् ।

` शारिरिक र मानसिक विकासको लागि खेलकुद अत्यावश्यक ´ भन्ने नाराका साथ हुनलागेको प्रथम तामाङ गोल्डकपले खेलाडीहरुसँगै क्रोएसियामा रहेका नेपालीहरु माझ तामाङ समाज क्रोएसिया नजिकिने महासचिव विशाल योन्जनले बताए । उनका अनुसार खेलकुदले खेलाडीको मात्र नभई तमाम नेपालीहरुले समेत दुइदिन भएपनि मानसिक तनाव कम गराउनेछन् ।

थप यो पनि

प्रथम तामाङ एफ-सी टुर्नामेन्टको उद्घाटनमा तामाङ समाज र के.एम नेपाल खेल्ने

क्रोएसियामा हुनलागेको प्रथम तामाङ एफ-सी टुर्नामेन्टको टाइसिट सार्वजनिक

क्रोएसियामा तामाङ गोल्डकप हुने, टीम दर्ता खुल्ला

बुद्ध मार्ट गोल्डकपको उपविजेता बने तामाङ समाज क्रोएसिया

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका