युद्धविरामको आरोपप्रत्यारोप एक टर्केली सेनाको मृत्यु

सिरिया

सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ताल अब्याद सीमा क्षेत्रमा गस्तीमा रहेका टर्कीका सेनामाथि कुर्दहरुले आक्रमण गरेर आफ्ना सैनिकको हत्या गरेको उल्लेख छ । विज्ञप्तिमा आत्मरक्षाका लागि टर्कीका सेनाले पनि प्रत्याक्रमण गरेको उल्लेख छ ।

अमेरिकाको अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो । पाँच दिनभित्र कुर्द लडाकूहरुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने शर्त राखिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले सुरक्षित क्षेत्रबाट कुर्दहरू पछि नहटे जस्तोसुकै कारबाही गर्न टर्की बाध्य हुने चेतावनी दिएको छ । शनिबार टर्की र कुर्दिस लडाकूहरुले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका