तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1225 Shares
लिस्बन, (पोर्चुगल)

युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगल गठन गरेको छ । भेलाले इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सविना मनाङथेन, फुर्वासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन भएको छ ।

सङ्घको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन भएको छ भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन भएको नेपाल राष्ट्रिय तामाङ घेदुङ सङ्घका केन्द्रीय सदस्य सागर योञ्जन तामाङले जानकारी दिए ।

कोषाध्यक्षमा सागर योञ्जन लामा, सह- कोषाध्यक्ष म्लाङसिङ तामाङ,  युवा संयोजक बिकाश लामा, सह-युवा संयोजक लोप्साङ लामा र सास्कृतिक संयोजक बिशाल तामाङ चयन भएका हुन् ।

यसैगरी सदस्यहरु सबी लामा लोप्चन, सेर बहादुर तामाङ, बिरेन तामाङ, लक्ष्मी तामाङ, नरजङ तामाङ, बिल मोक्तान, लमिन तामाङ, सुनिल लामा, बुद्धि तामाङ, सुनबिर लामा, साङ दोर्जे लामा, दावाङ लामा, समिर वाईवा, बिशाल तामाङ सयांङतान, सन्जु मोक्तान, सम्झना तामाङ, सुरेश पाख्रिन, उदाश तामाङ, सोम बहादुर तामाङ, सोमिला लामा बल, राजेश लामा, सुर्य लो तामाङ, नानु मोक्तान, अलिना तामाङ, जित बहादुर तामाङ, मिन  तामाङ, दिपक दोङ, रोमीला तामाङ र बिध्या सागर लामा चयन भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका