अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको पूर्व सन्ध्यामा सोमबार ककनी गाउँपालिकाभित्रका विभिन्न स्थानमा रहेका गाँजाहरु फडानी गरिएको छ ।
सबै वडामा आजबाट एक हप्ते सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीले अभियान थालिएको सशस्त्र प्रहरी बल प्रमुख एसएसपी गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।
नेपाल सरकारद्वारा घोषित १ हप्ते अभियानमा मकैबारीदेखि खुल्ला चौरमा उम्रिएका ९० हजार बोट फडानी गरिएको छ । अभियानकै त्रममा करिब २० ट्याक्टर गाँजा फडान गरिएको प्रहरी निरिक्षक अस्मिन गुरुङले बताए ।
अभियानमा ककनी वडा नं. १ देखि ६ का वडाध्यक्षहरु चन्द्रबहादुर श्रेष्ठ, केदार पौडेल, घननाथ बजगाई, दिपेश तामाङ, रामबहादुर लामा र गोपाल लामा पनि सक्रिय रहेका थिए ।
सामुदायिक विद्यालय व्यवस्थापन महासंघ ककनीका अध्यक्ष रामजी फुयाँल, प्राधानाध्यापकहरु, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा संचालन भएको थियो ।
यसैबीच १० र ११ गते ककनि स्थित विभिन्न ११ माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच लागू औषधबारे सचेतना कार्यक्रम गरिने कुरा सोमबार शिक्षालय ककनीमै बृहत अन्तरक्रिया तथा छलफलबाट तय भएको प्रमुख एसएसपी मगरले बताए ।