दोलखाको शैलुङ गाउँपालिका-३, स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको आइतबार २ खेल सम्पन्न भएसँगै नकाउट चरण खेलहरु सकिएका छन् ।
शैलुङ रङ्गशालामा बिहान् १० बजे भएको पहिलो खेल खडादेवी समाज विरुद्ध गौतम बुद्ध क्लब थगम उत्रिएका थिए । उक्त खेलमा खडादेवीले गौतम बुद्धलाई ० का विरुद्ध ४ गोले गरेर खेल आफ्नो पक्षमा पारेका थिए । खेल अबधि भर विपक्षमाथि हावी भएका खडादेवीका सञ्जय बिष्ट म्यान अफ द म्याच भएका थिए । खेलाडी बिष्टलाई नेकपा शैलुङ गाउँपालिका इञ्चार्ज रिमालबाबु श्रेष्ठले ट्रफी हस्तान्तरण गरेका थिए ।
त्यसैगरी अपराह्न १ बजे भएको दोस्रो खेलमा स्टार शैलुङ क्लबले मुडे युथ क्लबलाई २ का बिरुद्ध ७ गोल गरेका थिए । मुडे अहिलेसम्मकै धेरै गोल खाने टीम बने ।उक्त खेलमा ह्याट्रिक गरेका स्टार शैलुङका रविन श्रेष्ठ म्यान अफ द म्याच भएका थिए । खेलाडी श्रेष्ठलाई शैलुङ गाउँपालिका-३ का वडाध्यक्ष ध्रुव कुमार श्रेष्ठले ट्रफी हस्तान्तरण गरेका थिए ।
शनिबार समय अभावका कारण रोकिएका सुनौलो चण्डीडाँडा भुसाफेदा र मागापौवा युथ क्लब बीचको पेनाल्टी सुटआउट आइतबार बिहान् सम्पन्न भएका थिए । उक्त पेनाल्टी सुटआउटबाट सुनौलो चण्डी भुसाफेदा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रथम शैलुङ कपको सोमबार नै क्वाटरफाइनलका ४ खेलहरू खेलाइने आयोजकले सैलुङअनलाइनलाई जानकारी दिए ।
क्वाटरफाइनलको पहिलो खेल बिहान ९ बजे सुनौलो चण्डी डाँडा भुसाफेदा क्लबले नव शैलुङ ए विरुद्ध खेल्नेछन् । बिहान ११ बजे बाई पाएर बसेका फेदाली टोलीसँग खडादेवी समाज सेवा क्लब भीड्नेछन् ।
त्यसैगरी स्टार शैलुङ क्लबले बाई पाएर बसेका काटाकुटी फुटबल क्लबसँग अपराह्न १ बजे भीड्नेछन् भने ३ बजे शैलुङ स्पोर्ट्स क्लब रामेछाप र नव शैलुङ (बी)का बीचमा खेल हुनेछन् ।
प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खडादेवी समाजले संयुक्त रूपमा आयोजना गरेको हो ।
सम्बन्धित समाचार
•शैलुङ कप अपडेट:आयोजक बीसँगै शैलुङ स्पोर्ट्स क्वाटरफाइनलमा
•प्रथम शैलुङ कप उद्घाटन, आयोजक ए क्वाटरफाइनलमा
•प्रथम शैलुङ कप शुक्रबार उद्घाटन हुने, फेदाली र काटाकुटी क्वाटरफाइनलमा