प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकले वडा दशैमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले यहि १८ तारीख शुक्रबार एर्बिलको नवरोज हलमा बृहत सांँस्कृतिक कार्यक्रम गरि शुभकामना आदानप्रदान गर्न लागिएको हो ।
कार्यक्रमलाई बृहत बनाउन नेपालबाट गायक चर्चित गायक बिजय लामालाई आमन्त्रित गरेको आयोजकले बताए । आयोजकाका अनुसार स्थानीय कलाकारहरुको समेत कार्यक्रममा बेजोड प्रस्तुति रहनेछन् ।
प्रत्येक वर्ष वडा दशैको अवसर पारेर प्रवासी नेपाली एकता समाजले कार्यक्रम गर्दै आएको छ । समाजले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1