सेलो गायक जीवन बमजनको नयाँ गीत ‘व्याँह गर्ने’ हालै सार्वजनिक भएको ।
बमजनको स्वरमा गायिका सुवानी मोक्तानले स्वरमा साथ दिएकी छन् ।
रमेश तामाङको शब्द रहेको गीतमा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ । त्यस्तै सङ्गीत संयोजन आगा लामाले गरेका हुन् ।
गीतमा माया पिरतीको भाव प्रस्ट्याएको छ ।
भिडियोमा प्रतीक ङ्येसुर र रोहनी लामाले फिचरिङ गरेका छन् ।
त्यस्तै प्रतीक ङ्येसुरको निर्देशनमा पवन सुलिङको छायाङ्कन र सम्पादन रहेको छ ।
बमजनको ‘आङीकी छोरी देखेर’, ‘शैलुङ मेला च्याखामा’, ‘खुकुरी हैन कर्दाको’, ‘तुर्लुङ्गे टुङ्ना’, ‘ज्यान मैच्याङ’, ‘ब्याँह गर्ने’ शब्द लेखन ८०० भन्दा बढी गायन १०० भन्दा बढी साङ्गितिक प्रस्तुति दिइसकेका छन् ।यस्तै नेपालमा ६० जिल्ला भन्दा बढी र सिङ्गापुर,कोरिया, अस्ट्रलियामा आफ्नो प्रस्तुति दिइसको छ । यसैगरी सर्बोउत्कृष्ट अवार्ड ३ ओटा जुरी र पब्लिक चोइस ४ ओटाबाट पनि सम्मानित भएका छन् ।