तामाङ समाज पोर्तुगलले निकाले निवर्तमान अध्यक्ष सुजनलाई, हदैसम्म कारबाहीको तयारी

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1722 Shares
पोर्तुगल

नेपाल तामाङ समाज पोर्तुगलले निवर्तमान अध्यक्ष एवं सल्लाहकार सुजन लामालाई निस्कासन गरेको छ । तामाङ समाजले विज्ञप्ति जारी गरेर साधारण सदस्यसमेत नरहने गरि निस्कासन गरेको जनाएको छ ।

विज्ञप्तिका अनुसार सल्लाहकार लामालाई तामाङ समाजको विधानको परिच्छेद ६ ‘उ’ वुदा २ को अधिकारलाई प्रयोग गरि निस्कासन गरिएका हुन् । निस्कासन भएका सुजन लामा सन् २०२१/२०२३ कार्यकालका अध्यक्षसमेत हुन् ।

तामाङ समाज पोर्तुगालले निकालेको विज्ञप्तिमा ` भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सुजन लामाले यस समाजमा विखण्डन ल्याउने, आफ्नो पदिय मर्यादा र गरिमाको ख्याल नराखी अमर्यादित क्रियाकलापहरुको नेतृत्व गर्दै गुट- उपगुट व्यक्तिको चरित्र हत्या गर्ने देखि लिएर वैधानिक रुपमा निर्वाचित भएको कार्यसमितिलाई असहयोग गर्ने कार्यसमितिका वर्तमान सदस्यहरुलाई डर धम्की तथा त्रास देखाइ कार्यसम्पादन गर्न असहयोग र बाधा पर्ने वातावरण सृजना गर्ने ´ गरेको उल्लेख छ ।

त्यस्तै पोर्तुगलमा तामाङ समाज हुदाहुदै घेदुङ गठन गरेर समाज भाँड्न लागेको समाजका सल्लाहकार एवं क्रोएसिया तामाङ समाजका संरक्षक दावा लामाले बताए । उनका अनुसार तत्कालीन समयमा समाज गठन गर्न अहिले पोर्तुगल बाहिर बसोबास गर्ने तामाङहरुको ठूलो योगदान रहेकाछन् । ` अहिले हामी पोर्तुगलभन्दा बाहिर रहेर आआफ्ना व्यवसायमा व्यस्त छौं, सन् २०११ मा तामाङ समाज गठन गर्न संघर्षनै गर्नुपर्‍यो´ सल्लाहकार दावा लामाले भने,` त्यो संघर्षबाट स्थापित समाजलाई तितरबितर पार्न लागेको निवर्तमान तामाङ समाज पोर्तुगलका अध्यक्ष विरुद्ध हदैसम्मको कारबाहीमा हामी लागिपरेका छौं ।´सल्लाहकार दावा लामाका अनुसार तत्कालीन समयमा तामाङ समाज गठन गर्न संघर्ष गर्नेहरू सबै अहिले पोर्तुगाल नागरिक हुन् । अहिले निवर्तमान अध्यक्ष सुजनलाई निस्कासन गरेको मात्र गरेको सल्लाहकार लामाले बताए ।

तामाङ गैर तामाङ बुद्धिजीवीहरुले संघसंस्थालाई बिभाजन गर्नु नहुने प्रतिक्रिया दिइरहेका छन् । समाज परिवर्तनका लागी एकताको ठूलो बल हुने बुद्धिजीवीहरुको भनाई छ ।

कारबाहीमा परेका लामाको नेतृत्वमा केहि दिनअघि नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्तुगाल गठन गरेका थिए । तामाङ समाज हुदाहुदै घेदुङ अस्तित्वमा आएपछि पोर्तुगल पुगेका तामाङहरु रनभुल्लमा परेका छन् ।

विज्ञप्ति : 

` सन् २०११ देखि विधि सम्वत रुपमा पोर्तुगलको राजधानी लिस्बनमा स्थापना भई पोर्तुगलको नेपाली समाजमा इतिहास बनाएको चिरपरिचित संस्था तामाङ समाज पोर्तुगल विभिन्न आरोह, अवरोह पार गर्दै आजको दिन सम्म सक्रिय सामाजिक संस्था भएको सबैलाई जानकारी छदै छ । यसै परिवेशमा सन् २०२१ / २०२३ कार्यसमितिको अध्यक्ष भई कार्यभार सम्हालेका भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सुजन लामाले यस समाजमा विखण्डन ल्याउने, आफ्नो पदिय मर्यादा र गरिमाको ख्याल नराखी अमर्यादित क्रियाकलापहरुको नेतृत्व गर्दै गुट- उपगुट व्यक्तिको चरित्र हत्या गर्ने देखि लिएर वैधानिक रुपमा निर्वाचित भएको कार्यसमितिलाई असहयोग गर्ने कार्यसमितिका वर्तमान सदस्यहरुलाई डर धम्की तथा त्रास देखाइ कार्यसम्पादन गर्न असहयोग र बाधा पर्ने वातावरण सृजना गर्नु भएकोमा विधानको परिच्छेद ६ ‘उ’ वुदा २ को अधिकारलाई प्रयोग गरि आज मिति २०२४/१०/०६ मा कार्यसमितिका दुई तिहाइ बहुमतको निर्णयले तामाङ समाज पोर्तुगलको भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सुजन लामालाई तामाङ सामज पोर्तुगलको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको सबैलाई जानकारी गराउदछौ ।´
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया