गायिका इन्दिरा जोशीले क्रोएसियामा रहेका नेपालीहरूलाई नचाएका छन् । गायिका जोशीले शनिबार एनआरएन क्रोएसियाद्वारा आयोजित दशैँ विशेष कार्यक्रममा नेपालीहरुलाई नचाएका हुन् ।
कार्यक्रम जाग्रेबको प्रेच्को २,ए स्थित एक हलमा भएको हो । गायिका जोशीले स्टेचमा गाएको प्रत्येक गीतमा दर्शकहरूले नाच्दै, गाउँदै साथ दिएको थियो । उनको स्वरसँगै नाच पनि उस्तै थिए ।
नेपाली सकिराको उपनामसमेत पाइसकेकी गायिका जोशीले ` तिमीलाई, आइ लब यु, आई लब यु भन्न मन लाग्यो´ बोलको गीतसँगै स्टेज प्रवेश गरेकी थिइन् । उनले एनआरएन क्रोएसियाद्वारा आयोजित दशैँ विशेष साँस्कृतिक कार्यक्रमको माहोललाई तताइन् । गायिका जोशीले आधा दर्जनभन्दा धेरै गीत प्रस्तुत गरी सहभागीलाई छमछमी नचाए ।
`म त मर्छु कि क्या हो ठुली´ बोलको गीतमा सहभागीहरूले स्वरमा स्वर मिलाउदै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए ।
गायिका जोशीले ‘छुनलाई होइन हेर्न चैं पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ, उध्रेको चोली छ है तैपनि लाइन्छ’ बोलको गीत गाउँदा दर्शकहरू अझ बढी झुमे । त्यस्तै उनको अर्को गीत ‘ रातो घाँघरा ‘ गाउँदा माहोल तातेका थिए । खचाखच भरिएको कार्यक्रम हलमा गायिका जोशीले `मोटरसाइकलमा , मेरो लाहुरे र पुराना चलचित्र चिनोका गीत गाएर मनोरञ्जन दिए ।
कार्यक्रममा बुद्ध ब्यान्ड, मन्जु राई, अशोक स्याङ्तान, अशोक राइ र कविताले आआफ्ना प्रस्तुति दिएका थिए । त्यस्तै कार्यक्रममा विकास मेचेले ‘ फकाई लान्छु ‘गीत गाएका हुन् । मेचेको उक्त गीत दशैको टिकाको दिनै युट्युबबाट सार्वजनिक गरेको थियो ।
एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव हरि घिमिरे र अन्जना ठकुरीले संचालन गरेका हुन् ।
थप यो पनि
एनआरएनए क्रोएसियाले दशै मनाउने, कार्यक्रममा गायिका इन्दिराको विशेष प्रस्तुति