गैर आवासीय नेपाली संघ (एनआरएन)ले क्रोएसियाले विशेष सांँस्कृतिक कार्यक्रम गरि दशैँ मनाएको छ । एनआरएन क्रोएसियाले यहि अक्टोबर १२ तारीख जाग्रेबको प्रेच्कोस्थित एक हलमा विशेष कार्यक्रम गरि दशैँ मनाएको हो ।
कार्यक्रम एनआरएन क्रोएसियाका कोषाध्यक्ष दुर्गा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उनले स्वागत मन्तव्यमा दशैको शुभकामना दिदै परदेशमा आआफ्ना व्यस्तताका बाबजुद कार्यक्रम स्थलसम्म उपस्थित भएकोमा सबैलाई धन्यवाद दिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि सोकोल सिक्युरिटी (sokol security) का प्रमुख (CEO, Mr. Dominik Marič)ले एनआरएनलाई धन्यवाद दिदै चाडपर्व र साँस्कृतिक कार्यक्रमले क्रोएसियन र नेपालीलाई नजिकाएको बताए । उनले विभिन्न समयमा एनआरएन क्रोएसियाले गरेका कार्यक्रमले नेपालबारे धेरै जान्न पाएकोमा आभारीसमेत प्रकट गरे ।
कार्यक्रमका विशेष अतिथि हम्ब्ल हन्टेर्स (humble hunters) का प्रमुखले आफ्ना मन्तव्यमा बिबिधताले भरिएका नेपालीहरुसँगको भेटले गौरवान्वित महसुस गरेको बताए । उनले क्रोएसिया सरकारसँग नेपालीहरुका लागि अझ सुविधाजनक बनाउन आफू र हम्बल हन्टेर्स लागिरहने प्रतिबद्धता गरे ।
त्यसैगरी कार्यक्रममा तामाङ समाज क्रोएसियाका अध्यक्ष सनिप लामाले दशैंको शुभकामना दिदै एनआरएनलाई धन्यवाद दिए । उनले क्रोएसिया सरकारले नयाँनयाँ प्रवासीका नियमहरु ल्याइरहेको बताउदै उक्त नियमहरुबाट नेपालीहरुले लाभ लिनुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं मार्टका संचालक कमलमान गुरुङ लगायत दशैको शुभकामना दिदै एनआरएन क्रोएसियालाई बिशेष धन्यवाद दिए । उनले शुभकामना मन्तव्यका क्रममा आमन्त्रित कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुतिले एकदिन भएनी परदेशमा मानसिक तनाव कम गरेको बताए ।
त्यस्तै कार्यक्रमका सभापति एवं एनआरएन क्रोएसियाका अध्यक्ष साइमन लामाले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतलाई विशेष धन्यवाद दिए । एनआरएन क्रोएसियाका अध्यक्ष लामाले कार्यक्रमलाई सभ्य र भव्य गराई दिएकोमा गौरवान्वित महसुस गरेको बताए । उनले क्रोएसियामा रहेका नेपालीहरुका लागि नेपाली दूतावास नसके महावाणिज्यदूतास ल्याएर छाड्ने प्रतिबद्धता गरे ।
कार्यक्रमममा एनआरएन अध्यक्ष लामा र उपाध्यक्ष रन्जना चौहानले उपस्थित सबैलाई टीका प्रदान गरेको थियो । कार्यक्रममा सेतो र रातो टीका, जमरा, फलफूल र प्रसादसमेतको व्यवस्थापन थियो । महासचिव हरि घिमिरे र अन्जना ठकुरीले संचालन गरेको कार्यक्रममा किराँत राई यायोक्खा क्रोएसियाका अध्यक्ष अशोक राई, सामाजिक अभियान्त एवं व्यवसायी सुवास घिमिरेले समेत शुभकामना मन्तव्य दिएका हुन् ।
दशै विशेष कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका इन्दिरा जोशी, स्थानीय गायिका बिकास मेचे, अशोक राई र लाक्पा लामाले आआफ्ना प्रस्तुति दिए । त्यस्तै अशोक स्याङतान र मन्जु राइले जबर्जस्त नृत्य गरेर कार्यक्रमलाई बृहत बनाए । कार्यक्रमका साउन्ड सिस्टम र लाइटमा भने तामाङ समाजका महासचिव विशाल योन्जनले सहयोग गरिरहेका थिए ।
आयोजकका अनुसार कार्यक्रममा ६ सयभन्दा धेरै नेपालीहरु उपस्थित भएको थियो । कुनैबेलाका कार्यक्रममा खाली देख्ने हल दशै विशेषमा भने थेग्न नसक्नेस्थितिमा देखिन्थे । कार्यक्रम व्यवस्थापनमा खटिएका एनआरएन क्रोएसियाका बरिस्ठ उपाध्यक्ष हर्के साहु र एनआरएनकर्मीहरुलाई हम्मेहम्मे परेका थिए ।
थप यो पनि
क्रोएसियाका नेपालीलाई नचाए गायिका इन्दिरा जोशीले
एनआरएनए क्रोएसियाले दशै मनाउने, कार्यक्रममा गायिका इन्दिराको विशेष प्रस्तुति