गैर आवासीय नेपाली संघ (एनआरएन) क्रोएसियाका अध्यक्ष साइमन लामाले दूतावास वा महावाणिज्य दूतावास (कसुलेट) ल्याउने बताएको छ । अध्यक्ष लामाले दशै विशेष कार्यक्रममा शुभकामना दिदै महावाणिज्य दूतावास (कन्सुलेट) ल्याउने बताएको हो ।
क्रोएसियामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने निकाय नहुदा एनआरएन लगायत अन्य संघसंस्थाहरुलाई काम गर्न कठिनाई भएको एनआरएनका अध्यक्ष लामाले बताए । उनका अनुसार हाल अष्ट्रीयाको भियनामा रहेको दूतावासले क्रोएसियामा रहेका नेपालीहरुलाई हेरिरहेका छन् । क्रोएसियाबाट भियना पुग्न ६ घन्टाको बस यात्रासँगै खर्चिलो रहेको अध्यक्ष लामाको भनाई छ ।
‘ यहाँ दूतावास नहुदा, तलब, सेवा-सुबिधा नदिने कम्पनीहरुसँग एनआरएनले सहकार्य गर्न एकदमै गार्हो भइरहेको छ,’ अध्यक्ष लामाले भने,’ विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले दुख पाइरहेको गुनासो गर्नुभएको छ, यदि क्रोएसियामा दूतावास भयो भने यो सबै समस्या छिटो समाधान हुन्छ ।’ एनआरएनए क्रोएसियाका अध्यक्ष लामाका अनुसार हाल सिज्नल भिसामा आएकाहरुले जाग्रेब भरिएका छन् । सिजन सकिएर जाग्रेबमा आएकाहरुलाई सम्बन्धित एजेन्सी वा एजेन्टले व्यवस्थापन गर्न अनुरोध गरिसकेको अध्यक्ष लामाको भनाई छ ।
कामदार, सिज्नल, पारिवारिक लगायत अन्य भिसामा आएका गरि क्रोएसियामा झन्डै ४० हजारको हाराहारीमा नेपालीहरु छन् । जनाकारहरुका अनुसार सिज्नलमा आएका ५ हजारभन्दा धेरै नेपालीहरु जाग्रेब छन् । उनीहरूलाई एजेन्सीले झुक्याएर क्रोएसिया ल्याएका हुनसक्ने जनाकारहरुको भनाई छ ।
एनआरएनए क्रोएसियाद्वारा आयोजित दशै विशेष कार्यक्रममा गायिका इन्दिरा जोशीले विशेष प्रस्तुति दिएकी थिइन् । जोशीसँगै कार्यक्रममा बुद्ध ब्याण्ड, अशोक स्याङ्तान, मन्जु राई, अशोक राई, पेम्बा तामाङ र बिकास मेचेले आआफ्ना प्रस्तुति दिएको थियो ।
थप यो पनि
क्रोएसियाका नेपालीलाई नचाए गायिका इन्दिरा जोशीले
एनआरएनए क्रोएसियाले दशै मनाउने, कार्यक्रममा गायिका इन्दिराको विशेष प्रस्तुति