सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौँ

काठमाडौँ स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने दुई हजार ७५ रुपैयाँमा निर्धारण भएको महासङ्घले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया