पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
14 Shares
काठमाडौं

काठमाडौँ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा ) नेपाल च्याप्टरलगायत संस्थाले स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गरेका हुन् ।

साथै उनको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।चार दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको जनाएका छन् । नेपालको पर्यटन उद्योगका विषयमा सबै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेलेको भूमिका महत्वपूर्ण छ ।

टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसङ्घको उपाध्यक्ष भएको थियो । यस्तै पाटा नेपालको आजीवन सदस्य तथा पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष मिश्रको निधनमा संस्थाले शोक वक्तव्य जारी गर्दै मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

‘उद्यमी र नेपालको पर्यटन उद्योगको एक प्रमुख व्यक्तित्व मिश्र पाटा र नेपाल पर्यटन बोर्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पर्यटन सङ्घ संस्था र संस्थामा उनको उल्लेखनीय योगदान, नेपालको पर्यटन उद्योगको विकासका लागि विभिन्न पद र प्लेटफर्महरुमा उनको अटल समर्पण र जीवनभर संलग्नता अमूल्य र प्रसंशनीय छ’ वक्तव्यमा भनिएको छ । पर्यटन व्यवसायी मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा आज निधन भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका