डिडानका गोकर्णेश्वरका अध्यक्ष बाबु सेन्चुरी वेस्ट कोरियोग्राफर अफ द इयरबाट सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
98 Shares
काठमाडौं

नृत्य निर्देशक सङ्घ (डिडान) नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष एवं कोरियोग्राफर बाबु सेन्चुरी ग्लोबल एन्सलेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

शनिवार एबीएम एन्ड नेपाल कल्चर एन्ड फिल्म सेन्टरद्वारा आयोजित कार्यक्रमबाट उनले वेस्ट कोरियोग्राफर अफ द इयरको अवार्ड प्राप्त गरेका हुन् ।

अवार्डबाट उनी लगायत विभिन्न विधाका दर्जनौँ कलाकारहरू सम्मानित भएका थिए । यस्तै केशव कोइराला पनि बेष्ट नृत्य निर्देशक अप द इयरबाट सम्मानित भएका थिए ।

बाबु विगत एक दशकदेखि नृत्य निर्देशकको कार्यमा निरन्तर अगाडि बढिरहेका छन् । उनले काठमाडौँको जोरपाटीस्थित फ्रेन्डसिप डान्स सेन्टरबाट नृत्य प्रशिक्षण दिइरहेका छन् भने विभिन्न विद्यालयहरूबाट नृत्य सिकाइरहेका छन् ।

आयोजकहरूले आगामी वर्षका लागि यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने बताइएका छन् । यो अवार्डले सृजनात्मकता र समावेशिताको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया