क्रोएसिया रहेका विकासको ` फकाई लान्छु ´ युट्युवमा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
553 Shares
क्रोएसिया

क्रोएसियामा रहेका विकास मेचेको ` फकाइ लान्छु´ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विकासले ` फकाइ लान्छु ´लाई दशैको टिकाको दिन पारेर सार्वजनिक गरेको हो ।

आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतका शब्द एवं संगीत दिपक शर्माको रहेको छ । त्यस्तै एरेन्ज र मिक्स मास्टरमा नरेन्द्र वीयोगी रहेका छन् ।

प्रहिल कार्कीले निर्देशन गरेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई राजेश घिमिरेले खिचेको हो । हरि अधिकारीले प्रोडक्सन सम्हालेका गीतको मेकअप भने स्वस्तिका श्रेष्ठ रहेकी छिन् । पोस्टर आर्ट भने राकेश दहालको रहेको छ ।

नेपालको विभिन्न ठाउँमा खिचेका गीतका भिडियोमा मोडल सरोज प्रजा र आभा थापाको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमिका रिसाएपछिका भावलाई उतारेका छन् । गीत सार्वजनिक भएपछि क्रोएसिया लगायत अन्य देशमा रहेका नेपालीहरुले टिकटक बनाइरहेका देखिन्छ ।

सानैदेखि गीतसंगीतमा रुचि राख्ने विकास मेचेको यो पहिलो रेकर्डिङ गीत हो । हाल क्रोएसिया रहेका गायक विकासले विभिन्न कार्यक्रमहरुमा गीत गाउँदै आएका छन् । उनले क्रोएसियामा बुद्ध ब्यान्डको स्थापनासमेत गरेका छन् । झापाबाट काठमाडौं टोखा बसाई सरेका गायक विकास क्रोएसियामा व्यवसायसमेत गर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका