सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
14 Shares
काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उनले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहेएको छ ।

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया