उपराष्ट्रपतिले यसपटक जलपान कार्यक्रम नगर्ने

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

तिहार, छठ पर्व र नेपाल सम्वत्का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजनाा गर्दै आएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यसपटक नहुने भएको छ ।

उपराष्ट्रपतिको कार्यालय तथा निवास परिसरमा निर्माण कार्य भइरहेकाले यसपटकको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नहुने उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले जानकारी दिए ।

उपराष्ट्रपति कार्यालयले तिहार, छठ एवं नेपाल सम्वत् ११४० का अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ र दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका