लायन्स क्लबको सहयोग काभ्रेमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
धुलिखेल (काभ्रेपलाञ्चोक)
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 210.10477; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरोपीडित परिवारहरूलाई लायन्स क्लब अफ काठमाडौँ अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मञ्च मैतीदेवीको सहयोगमा राहत वितरण सम्पन्न भयो ।

उक्त कार्यक्रममा सहयोगी संस्थाहरू लायन्स तथा लियो क्लब अफ काठमाडौँ मखमली, लायन्स क्लब अफ काठमाडौँ युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरि, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ काठमाडौँ वनस्थली लियो क्लब अफ काठमाडौँ ड्रिमल्यान्ड, लाएन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।

हालैं आएको अविरल वर्षाको कारण काभ्रेपलान्चोक जिल्लाको पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बाढीपिडित आमाबुवा तथा स्थानीय बासीहरूलाई लायन्स क्लब अफ काठमाडौँ अटो सोसियल फ्रेन्डका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष विकल श्रेष्ठ र सचिव कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबको सदस्यहरूको उपस्थितिमा पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिपोर्टको समन्वयमा पहिरोपीडित परिवारहरूलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरू वितरण गरिएको सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।

आगामी दिनहरूमा काभ्रेको अन्य स्थानहरूमा समेत राहत पुर्‍याउने विचार गरेको यस कार्यक्रमका संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया