असोज १२ को प्राकृतिक विपद्ले खण्डहर बनाएको बेथानचोक ­(फोटो फिचर/भिडियो)

काठमाडौं

काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकालाई गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले खण्डहर बनाइदिएको छ ।

बाढी पहिरोले बेथानचोक गाउँपालिकाको प्रशासकीय भवन, वडा नं २ र ४ का बस्तीहरू बगरमा परिणत गराएको थियो ।

पालिकाका अध्यक्ष गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बाढी पहिरोमा परी १३ जनाले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार अहिले पीडितहरूको घरघरमा पुगेर सान्त्वना दिएको छ । पीडितहरूको पहिचान र डाटा सङ्कलन भइरहेको बताउँदै राहत प्रदान गरिरहेको उनले बताए ।

यसै गरी गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले बाढीपछि आएको विपत्तिमा उद्धारका लागि हामी लागि परिरहेको बताइन् । उनले भनिन्, ‘गाउँपालिकाले एक द्वार प्रणालीमार्फत राहत प्रदान गरिरहेको छ ।’

‘त्यस गाउँपालिकाको सडक सञ्जाललाई वैकल्पिक रूपमा सुचारु गरेको छ। तर जहाँ बाढीले क्षति पुगेको स्थानमा विद्युत्, सञ्चारका साधन जोडिन सकिएको छैन । त्यो चाँडै नै जोडिने छ ।’ उपाध्यक्ष रानाले बताइन् ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले हामीले डकुमेन्टहरू पुर्णरुपमा क्षति पुगेकोले अति आवश्यक सेवा भने दिइरहेको बताए । उनले सेवाग्राहीले पनि यो अवस्था बुझेर भुक्तानी दिने बेलामा फेरी कागजपत्र बुझाउनुपर्छ र त्यसमा थप सहयोग पर्ने ठाउँमा सहजीकरण गरिदिने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया