शारीरिक सुगठनमा भट्ट च्याम्पियन

सैलुङअनलाइन संवाददाता
0 Shares
अष्ट्रेलिया

अष्ट्रेलियामा राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् ।

विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनलमा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि हात पारेका हुन् । जीतसँगै उनले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्नेछन् ।

राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स ‘ट’ (काठमाडौँ)बाट सहभागी भएका हुन् ।

पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा भाग लिएका भट्टले दुवैमा स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका