साफ माहिला च्याम्पियनसिपको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

नवराज तामाङ
नवराज तामाङ संवाददाता
140 Shares
काठमाडौँ

नेपाल साफ माहिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो ।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २-० को अग्रता दिलाइन् ।

यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३-० को अवस्थामा पुर्‍याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४-० को अग्रता दिलाइन् । दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।

आइतबारनै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

थप यो पनि 

भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रबेश

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया