नेपाली कांग्रेसका सांसद तथा नेता जिपछिरिङ लामाले लोकसेवा आयोगले नेपाली जनताको संविधान नमानेको जिकिर गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद लामाले देशभरको स्थानीय तहमा कर्मचारी नियुक्तिबारे लोकसेवा आयोगले संविधानको अध्ययन र संविधान विपरित विज्ञापन खुलाएको बताएका हुन् । ‘लोकसेवा आयोगले संविधानको धारा ४२ अध्ययन गरेन कि के हो ?’, ‘सांसद लामाले भने, आयोगलाई कसले पढाउन सिकाउनु पर्ने हो ? प्रश्न गरे ।’
नेता लामाले संविधानले सबै जातजातिहरुलाई समावेशी, समानुपातिक भनिरहेको अवस्थामा यो संबैधानिक नभएको बताए । उनले भने –‘यस्तो एकलौटी ल्याएको विज्ञापन तत्काल खारेज हुनुपर्छ ।’ यसको कुनै पनि हालतमा खारेज नभएमा देशमा आन्दोलन चर्किने नेता लामाले बताए । सरकारको संबैधानिक अंगहरु संविधान अनुसार चल्नुपर्छ, उनले थपे ।
सांसद लामाले अहिलेसम्म देश बनाउन, उन्नति र समृद्धि भएका नेता नभएको दाबी गरे । ‘कहिले के को विवाद, कहिले झगडा अनि एकलौटी शासन गर्न खोज्ने ? यसरी कसरी देश विकासमा जान्छ ?’, उनले भने, ‘त्यसैले सबै विकास गर्नतर्फ लाग्नु प¥यो, होइन भने राम्रो नेतृत्व बोक्ने मान्छे खोज्ने दिन आउन सक्छ ।’