पृतना क्षेत्र अन्तरगतका जिल्लाहरूमा रहेर काम गरिरहेका पत्रकारलाई अभिमुखिकरण तालिम सम्पन्न 

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवादाता
56 Shares
काठमाडाै

भीमफेदी गाउँपालिका वडा नम्बर १ मध्ये पृतना हे. क्वा सुपारेटार ब्यारेकमा रक्षा संवाददाता अभिमुखीकरण Dcop सम्बन्धी तालिममा फिल्ड भिजिट सहित नेपाली सेनाकाे मध्य पृतना क्षेत्र अन्तरगतका जिल्लाहरूमा रहेर विभिन्न छापा,अनलाइन, टिभि,रेडियाेमा आवद्व भएका १५ जना पत्रकार तथा सन्चारकर्मिहरूलाई  कार्तिक ४ देखि ८ गते  सन्चालन  भई सम्पन्न भएकाे
छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मध्य पृतनापति उपरथि प्रदीपजंग केसीले नेपाली सेनाका संविधान प्रदत्त जिम्मेवारी सम्पादनका क्रममा आम जनतालाई सुसूचित गरेर राष्ट्रिय एकताको प्रवर्धन लगायत राष्ट्रहितहरुको सम्वर्धनका क्षेत्रमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रमको औपचारिक शुभारम्भ पश्चात् जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेका थिए ।

सोही अवसरमा उनले विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम  प्रसारण गर्ने मध्ये  पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका एफएम तथा टेलिभिजनका सञ्चालक ७ जनालाई  कदर पत्र प्रदान समेत गरिएकाे थियाे ।

५ दिनसम्म सञ्चालित रक्षा सवाददाता  अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन समेत भएकाे थियाे ।

सहभागीहरूलाई  प्रकृति संरक्षणमा लागि परेकाे नेपाली सेनाले  चितवन राष्ट्रिय निकुञ्ज  मकवानपुर गढि र सेनाकाे कमाण्डमा वनिरहेकाे फास्टट्राक लगाएत अन्य महत्वपूर्ण संरचनाहरुको स्थलगत अध्ययन भ्रमण गराईएकाे थियाे ।

सहभागी हरूले तालिम फलदायी रहेकाे र आगामि दिनहरूमा पनि अझै थप तालिम भईरहनु पर्ने बताएका थिए । सेना र सन्चार जगत नङ र मासु भएकाले सहकार्य गर्दै अगाडि वढनु पर्ने  श्री मध्ये पृतना हेडक्वाटर सुपारेटार हेटाैडाले जनाएकाे छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका