स्याफ्रुवेशी देखि रसुवागढी सम्मको सडक दुई लेनको निर्माण हुने भएको छ ।
करिव ३ करोड ७९ लाख अमेरीकी डलर अर्थात ४ अर्व १७ करोड रपैयाँको लागतमा निर्माण हुन लागेको सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ । गल्छी त्रिशुली-स्याफ्रुवेशी-रसुवागढी सडक छेउमा बनाइएका घर टहरा यहि कार्तिक महिनाभित्र हटाउने काम गरिने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।
भुकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागी चीनसँगको प्रमुख व्यापारीक नाका रसुवागढी जोड्ने सडक यहि नै हो । गोसाईकुण्ड गाउँपालिकाको घट्टेखोलामा दुई महिना अघि एक कार्यक्रम गरी नेपाल र चिनीयाँ अधिकारीले संयुक्त रुपमा उक्त सडक निर्माणको उद्घाटन गरेका थिए ।
स्याफ्रुवेशीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग सडक निर्माण सुरु गरी २९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चाइना तिब्बत टिएन न्यू कम्पनी लिमिटेडलाई जिम्मा दिइएको छ ।