रसुवा चाडपर्वको समयमा हुन सक्ने चोरी तथा लुटपाटको सम्भावित घटनालाई मध्यनजर राख्दै महङ्गा गरगहना लगाएर नहिँड्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।
तिहार पर्वका अवसरमा घर माइत गर्दा हुलमुल भएका स्थान र पैदल मार्गका एकान्त स्थानमा लुटेराहरूले शरीरमा लगाइएका गरगहना लुट्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै होसियार हुन अनुरोध गरेका हुन् ।
यदि कतै टाढा दुरीमा जानै पर्ने अवस्था आएका भरपर्दो र विश्वासिलो आफन्तका साथमा मात्र हिँड्न समेत प्रहरीले अनुरोध गरेको छ ।
कुनै पनि लामो दुरीमा यात्रा गर्दा आफ्ना सम्पत्तिको ख्याल राख्न र सुरक्षा चाहिने अवस्था आएमा समयमै नेपाल प्रहरीलाई खबर गरी सहयोग लिन समेत अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख केशव भटृराईले जानकारी दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाको तर्फबाट एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिहारको मौका छोपी जुवा तास खेलाउने पटका पट्काउने जस्ता गैह्र कानुनी गतिविधि गर्ने वा गराउने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने बताए।
स्थानीय प्रशासनले जारी गरेको आदेशलाई शिरोपर गर्दै गैर कानुनी क्रियाकलाप रोक्न रसुवा प्रहरीले सुरक्षा गस्तीलाई तीव्रता दिएको जनाइएको छ ।