मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
14 Shares
विराटनगर

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेको छ ।

आज जारी गरेको शुभकामना सन्देशमा उनले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएको छ ।

सन्देशमा उनले भनेको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।

तपाईको प्रतिक्रिया