सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
112 Shares
काठमाडाै

काठमाडौँ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८०रुपैयाँ निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका