‘पापिनी’ मा त्रिपक्षीय प्रेम सम्बन्धको कहानी, सुन्दै हृदय छुने गीत (भिडियो)

मनु ठकुरी संवाददाता
553 Shares
काठमाडौं

सौगात पनेरु र कल्पना विष्टको स्वरबद्ध म्युजिक भिडियो ‘पापिनी’ शुक्रवार सार्वजनिक भएको छ ।

दिनेश अधिकारीको शब्दमा रचित ‘पापिनी’ ले प्रेम र पिडाको त्रिपक्षीय सम्बन्धलाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ। भिडियोले तीन पात्रहरूका बिचको माया, त्याग र निराशालाई उजागर गर्दै दर्शकको मन छुन सफल भएको छ।

हरि पाठक, उषा सुवेदी र सौगात पनेरुद्वारा अभिनीत भिडियोमा त्रिपक्षीय प्रेम सम्बन्धलाई उतारिएको छ। भिडियोमा एउटा नारी पात्रले मायाको दोहोरो सम्बन्ध बनाउँदा परिस्थितिले उत्पन्न हुने भावनात्मक द्वन्द्वले भिडियोलाई अत्यन्तै मार्मिक बनाएको छ।

गीतको शब्दहरूले मनोविज्ञान र प्रेमको जटिलतामा प्रवेश गराउँछ। गीतकार अधिकारीले सरल तर भावपूर्ण शब्दमा सम्बन्धका उतारचढावलाई प्रस्तुत गरेका छन्। त्यस्तै, झलक सङ्गीतम सङ्गीतले भिडियोलाई अझ भावुक र जीवन्त बनाएको छ । जसले श्रोतालाई गीतको भावनामा तान्ने सामर्थ्य बनाएको छ।

नारायण दङ्गालको सङ्गीत संयोजन रहेको भिडियोलाई विशाल गोङ्बाको छायाङ्कन र रोशन धितालले सम्पादन गरेका छन् ।

मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई श्रोताहरूले शब्द, सङ्गीत र अभिनयलाई निकै रुचाएका छन्। धेरैले गीतलाई आफ्नो जीवनसँग जोडेर मनमा उठेका भावनाहरू व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया